Karnali Media
२०८३ साउन २ , शनिबार

बल्ल घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । पछिल्लो एकसातादेखि निरन्तर नयाँ रेकर्ड मूल्यमा नयाँ रेकड कायम गरेको सुनको मूल्य ओरालो लागेको हो ।

आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ थियो ।


यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार