Karnali Media
२०८३ असार २ , मंगलबार

आज प्रधानमन्त्री ओलीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै



काठमाडौँ । सरकारले आज आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा एक सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।


राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको काँग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार