दैलेख । स्थानीय तहको निर्वाचनमा लागि दुल्लु नगरपालिकाको प्रमुखमा नेकपा एमालेकोतर्फबाट युवा नेता रुद्र शाही पहिलो नम्बरमा सिफारिस भएका छन् । आज दुल्लुमा भएको उम्मेद्वार छनौटको मतदानमा शाहीले ५६ मत प्राप्त गरि पहिलो भएका हुन् ।
यस्तै दोस्रो नम्बरका नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले ३३, जिल्ला पार्टी सचिव तिलक रिजालले १९, जिल्ला पार्टी उपसचिव गंगाराम दाहालले १०, डा. रमेश आचार्यले ५ र कपिल खनालले शून्य मत प्राप्त गरे । यस्तै, उममेयर उम्मेदवारका लागि सात जना प्रतिस्पर्धीमध्य रेणु भट्टराईले ३३ मत प्राप्त गरेर पहिलो नम्बरमा सिफारिस भएकी छन् । यस्तै, दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरिन् ।
दुल्लु नगर कमिटीले नगर प्रमुखमा पहिलो नम्बरमा सिफारिस भएका रुद्र शाही र दोस्रो नम्बरमा सिफारिस भएका हर्कबहादुर खड्कालाई तथा उपप्रमुखमा रेणु भट्टराई र विना कार्कीलाई सिफारिस गरेको छ ।
तर सर्वसम्मतबाटै उम्मेद्वार छनौट टुंग्याउन छलफल भइरहेको दुल्लु नगर कमिटिले जानकारी दिएको छ ।
संवाददाता । मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित