दैलेख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि दुल्लु नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि नेकपा एमालेकोतर्फबाट युवा नेता रुद्र शाही छनौट भएका छन ।
हिजो भएको उम्मेदवार छनोट प्रक्रियाबाट ५६ मत प्राप्त गरि पहिलो नम्बरमा सिफारिस भएका शाही दुल्लुको मेयरका लागि छ्नौट भएका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी दुल्लुले आज एक सुचना निकालेर शाहिलाई नगरप्रमुखको उम्मेदवारी दिईएको घोषणा गरेको छ । नगरप्रमुखका उम्मेद्वारद्वय निर्मला रिमाल पोखरेल र हर्कबहादुर खड्काले शाहिलाई समर्थन गरेका छन । सुचनामा लेखिएको छ :-
“प्रस्तुत विषयमा स्थानीय तहको निर्वाचन २०७९ को लागि नेपाल कम्यूनिष्ट पार्टी (एमाले) दुल
नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको उम्मेद्वार छनौटको सन्दर्भमा सर्वसम्मत उम्मेद्वारी छनौटक
लागि अथक प्रयास गर्दा पनि सर्वसम्मत हुन नसकी पार्टीको लोकतान्त्रीक विधि अवलम्बन गरी स्वच्छ
निष्पक्ष,धाधलीरहित तथा स्वस्थ प्रतिस्पर्धाद्वारा उम्मेद्वार छनौट प्रक्रियामा गई पहिलो नम्बरमा
क.रुद्रबहादुर शाही (५६ मत), दोस्रो नम्बरमा हर्कबहादुर खड्का (३३मत) र निर्मला रिमाल पोखरेल
(निर्बिरोध महिला) उम्मेद्वार निर्वाचित भएकोमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एमाले.
लाई राष्ट्रिय रुपमा नै कतिथ गठबन्धनका नाममा घेराबन्दी गरिरहेकाले पार्टी सामु देखिएका चुनौती
सामना गर्न, निर्वाचन सम्बन्धी उत्साहपूर्ण वातावरण बनाउन र निर्वाचन परिणाम पार्टीका पक्षमा ल्याई
स्थानीय तहको निर्वाचन २०७४ मा दुल्लू नगरपालिकामा हाम्रो पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लाई
अत्याधिक बहुमतले विजय गराउन हामी निर्वाचित २ (दुई) जना उम्मेद्वारका तर्फबाट नगर प्रमुखको १
(एक) जना मात्र उम्मेद्वार क. रुद्रबहादुर शाहीलाई सिफारिस गरिदिनुहुन समर्थन गर्दछौं साथै पार्टीका
सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई दृढतापूर्वक पार्टीका पक्षमा उभिन र स्वदेश तथा विदेशमा रहनु भएका
दुल्लू नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाई, युवा, विद्यार्थीहरु, लगायत सम्पपूर्ण जनसमुदायमा
नेकपा (एमाले) पार्टीका उम्मेद्वारलाई विजय गराउनुहुन हार्दिक अपिल गर्दछौं ।”
यो सङ्गै छिट्टै अन्य उम्मेदवारको टुङ्गो पनि लगाउने अन्तिम तयारी भैरहेको पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी दुल्लुले कर्णाली मिडियालाई जानकारी दिएको छ ।
संवाददाता । बुधबार, चैत ३०, २०७८ मा प्रकाशित