Karnali Media
२०८३ असार १५ , सोमबार

एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग ५ वर्षको सम्झौता



नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि ५ वर्षको सम्झौता गरेको हो।

क्यानका सचिव पारस खड्काले कीर्तिमानी रकममा सम्झौता भएको बताए। तर, लगानी रकम भने खुलाउन चाहेनन्। “स्टार स्पोर्ट्ससँग रेकर्ड ब्रेक लगानी भएको छ। ५ वर्षको लगाीन हुनु भनेकै ठूलो लगानी गर्नु हो। अन्य कम्पनीहरू यसमा जोडिएकाले अहिल्यै रकम नखुलाउँ,” आयोजित पत्रकार सम्मेलनमा उनले भने।


स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार