Karnali Media
२०८३ भदौ २४ , बुधबार

सुर्खेत महिला जेसीजको नयाँ बर्ष मानव सेवामा



सुर्खेत । आज बैशाख १ अथवा नेपाली नयाँ बर्ष, २०७८ लाई बिदाई गरेर आज देसभर नयाँ बर्षलाई विभिन्न कार्यक्रम गरेर मनाईएको छ । यता सुक्र्यौली महिला जेसीले पनि नयाँ बर्षलाई मानव सेवा आश्रममा विशेष दिनको रुपमा मनाएको छ ।


“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने उद्देश्यले वर्ष २०७९ लाई स्वागत गर्दै नयॅा वर्ष को दिन मानव सेवा आश्रममा रहेका अशहायहरुलाई सुर्खेत महिला जेसीज द्वारा भोजन अर्पण तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेर नयाँ बर्ष मनाईएको हो । सुर्खेतको मानव सेवा आश्रममा भएको उक्त कार्यक्रम जेसी मनिषा कौशल ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७९ वैशाख १ गते बिहीबार