Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँः भीम रावल



काठमाडौँ। नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँले प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाएका छन् ।

आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरूलाई निरंकुश शैलीमा हटाउन थालेको बताए ।


उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रूपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’

उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरू सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : २०८१ पुस १७ गते बुधबार