Karnali Media
२०८३ असार ८ , सोमबार

काठमाडौंसहित सात जिल्लाका सीडीओ फेरिए,को कहाँ ?



काठमाडौं । गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १२ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

गृह मन्त्रालयले सोमबार सात जिल्लाका सीडीओसहित गृहका १२ जना कर्मचारीको सरुवा एवं पदस्थापन गरेको हो ।काठमाडौंका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा ऋषिराम तिवारीलाई पठाइएको छ ।


यसैगरी कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरीको सीडीओ बनाइएको छ । मोरङ, झापा, सर्लाही, दाङ र सल्यानका सीडीओको पनि मन्त्रालयले सरुवा गरेको छ ।

 

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार