Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

माघ १८ गते संसदको हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रीपरिद्को बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका थिए ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार