सुर्खेत । कृषि विकास बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समिति सुर्खेतको आयोजनामा कृषि बिकास बैंकको ५८ औ बार्षिक उत्सवको अवसरमा शनिवार कृषि विकास बैंकको कर्णाली प्रदेश कार्यलय सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
खुल्ला रक्तदानमा ३६ जना बढिले रक्तदान गरेका छन् । प्रदेश समितिका अध्यक्ष सुमन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक लिमिटेड, प्रदेश कार्यालय सुर्खेतका निर्देशक डा. सुरोज टण्डन, कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रिय सचिव खगेन्द्र भण्डारी समेतले सयुक्त रुपमा रक्त संकलन व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा कृषि बिकास बैंकमा कार्यरत कर्मचारी र अन्य व्याक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सचिब भण्डारीले रक्तदान कृषि बिकास बैक कर्मचारी संघ नेपालको ब्राण्ड भएको जानकारी दिनुभयो । साथै निर्देशक डा. सुरोज टण्डनले रत्तदान कार्यक्रम पुण्यको काम भएको बताउनु भएको छ ।
यस्तै कृषि बिकास बैंकको हरेक बार्षिक उत्सवको अवसरमा नियमित रुपमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समिती सुर्खेतले रत्तदान गर्ने अध्यक्ष रिजालले बताएका छन् ।






संवाददाता । शनिबार, माघ १२, २०८१ मा प्रकाशित