काठमाडौं । गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् । गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् ।
दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ । यसैबर्ष उनीहरू वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । विर्तामोड घर भएका सञ्जिव गिटारिस्ट तथा कम्पोजर हुन् ।
संवाददाता । शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित