Karnali Media
२०८३ असार १ , सोमबार

कर्णाली नदीबाट तीन जनाको उद्धार



बाजुरा । बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ ।
मुगुको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिकातर्फ आउँदै गरेको स्काभेटरसहित कर्णालीमा  फसेका तीनजनाको धुलाचौर प्रहरी चौकीको टालीले ढुङ्गाको  सहायताले सकुशल उद्धार गरेको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले राससलाई जानकारी दिनुभयो । मुगुको खत्याडबाट हिमाली गाउँपालिका हुँदै हुम्ला जान लागेका कनका सुन्दरी गाउँपालिका–७ का २५ वर्षीय सूर्यबहादुर पछाई, २३ वर्षीया नानु पछाई  र १९ वर्षीय राजेन्द्र वडको उद्धार गरिएको हो ।
स्काभेटरलाई नदी तार्ने क्रममा कर्णालीमा फसेका उनीहरुलाई करिव चार घण्टापछि प्रहरीले उद्धार गरी हिमाली गाउँपालिका ल्याइएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार