Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

आज मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान हटाउने तयारी



आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई हटाउने सम्भावना रहेको उच्च स्रोतको दाबी छ ।

कुलमानलाई हटाउनको लागि यसअघि नै उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिसकेको पनि चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घिसिङलाई रुचाएका छैनन । घिसिङलाई हटाउनको लागि प्रधानमन्त्री ओली सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्वसँग सहमति लिइसकेको बुझिएको छ ।


प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार