Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

एमालेसँग सम्झौता गर्नु परे सरकार छाड्छौँ : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन् ।

उनले एमालेसँग विधि र कानुनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने घोषणा गरेका हुन् ।

काँग्रेसको प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस एमालेसँगको सम्झौतामा इमानदार रहे पनि तलदेखि माथिसम्म समान हैसियत हुनुपर्ने बताएका हुन् ।


‘अबको तीन वर्ष सरकार चलाउँदा हाम्रो केही सर्त छन् । हामी विधि र कानुनको शासनमा सम्झौता गर्नुपर्‍यो भनेर सरकार छाड्छौँ । तर, कानुनको शासनमा सम्झौता गर्दैनौँ’ उनले भने ।

उनले एमालेसँग सहकार्यमा काँग्रेसको आफ्नै सर्त रहेको बताए । उनले एमालेले दुव्र्यवहार गरे सरकारबाट बाहिरिने बताए ।

उनले भने– ‘हामीलाई काहीँ कतै पनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौँ। त्यसैले हामी एमालेसँग मिलेर केही परिणाम दिन चाहन्छौँ ।’

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार