Karnali Media
२०८३ भदौ ३० , मंगलबार

युवा उत्प्रेरक आदर्शविक्रम सिंह सम्मानित



सुर्खेत। युवा उत्प्रेरक आदर्शविक्रम सिंह सम्मानित भएका छन्। मंगलबार सुर्खेतमा रहेको आदर्शराज मेमोरियल बोर्डिङ स्कुलले उनलाई सम्मानित गरेको हो।

युवा उत्प्रेरक र वक्ताका रुपमा परिचित सिंहल् आफ्नो कक्षा ११ र १२ को अध्ययन आदर्शराज मेमोरियल स्कुलबाट पूरा गरेका थिए। स्कुलले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मानित गरेको आयोजक विद्यालयले जनाएको छ।


सिंहले सन् २०१८ देखि उत्प्रेरक वक्ताको रुपमा उत्प्रेरणा अरुलाई प्रशिक्षण दिँदै आएका छन्। कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवा र विद्यार्थीहरु लगायत उनले र झण्डै २० हजार व्यक्तिहलाई व्यक्तिगत सपना, रुचि र लक्ष्य पहिचान, तथा आफ्नो कर्मका विषयमा उनले प्रशिक्षण दिईसकेका छन्।

सिंहले राईजिङ ट्यालेन्ट्स कम्पनीबाट सार्वजनिक अभिव्यक्ति, व्यक्तित्व विकासका अभिवृद्धि तालिम लगायतका प्रेरणादायी तालिम पनि दिँदै आएका छन्।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार