Karnali Media
२०८३ साउन १ , शुक्रबार

सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्षको निधन



वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचारका क्रममा उनको निधन भएको हो ।

स्थानीय तहको निर्वाचनमा आग्री नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।


क्यान्सरको उपचारका लागि उनी एक वर्षदेखि भारतमा थिए । पारिवारिक स्रोतका अनुसार उनलाई मिर्गौलाको समस्या पनि थियो ।

प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार