वीरेन्द्रनगर । गाडीबाट हाम फाल्दा चोट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका(१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्।
गए राति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उपाध्यायलाई अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए ।
संवाददाता । शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित