Karnali Media
२०८३ भदौ २२ , सोमबार

पूर्वविशिष्टलाई सेवा-सुविधा बढाउने गरी कानुन बन्दैन : खड्का



नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पूर्वविशिष्टहरूको सेवा-सुविधा वृद्धि गर्ने गरी कुनै पनि कानुन नबन्ने बताएका छन्।

सरकार सञ्चालनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले बनाएको संयन्त्रका अहिले संयोजकसमेत रहेका खड्काले पूर्वविशिष्टहरूका लागि सेवा सुविधा वृद्धि गर्ने कानुन नबन्ने बताएका हुन्।

‘पूर्वविशिष्ट पदाधिकारीको हालको सुविधा बढाउने गरी कुनै कानुन बन्दैन, बन्नु हुँदैन,’ शुक्रबार अपराह्न उपसभापति खड्काले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।


कांग्रेस नेता शेखर कोइराला र नैनसिंह महरले पनि पूर्वविशिष्टहरूलाई सेवा सुविधा वृद्धि गर्न नहुने धारणा राखेका छन्।

सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने पूर्वविशिष्टलाई सेवा सुविधा दिनेबारे कुनै कानुन बनाउने छलफल सरकारले नगरेको दाबी गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत २ गते शनिबार