Karnali Media
२०८३ जेठ २६ , मंगलबार

युवा नेतृ ममता अधिकारी गाउँपालिका उपाध्यक्षका लागि सिफारिस



कालिकोट । कालिकोट जिल्लाको सान्नित्रीबेणी गाउँपालिका उपाध्यक्षमा लागि अखिल क्रान्तिकारी केन्द्रिय समिती सदस्य तथा अखिल क्रान्तिकारी मध्यपश्चिम बिश्वबिधालयको सह-संयोजक ममता अधिकारी सिफारिस भएकी छन ।

उनलाई नेकपा माओवादी केन्द्रको गाउँपालिका कमिटीको बिस्तारि बैठकले उपाध्यक्षको उम्मेदबारको रुपमा अघि सारेको हो।
कालिकोट जिल्लाको सानित्रीबेणी गाउँपालिकाबाट बिद्यार्थी नेत्री रुपमा राजनितिमा आएकी अधिकारी अहिले नेकपा माओवादी केन्द्रकी सक्रिय नेत्री बनेकी छन । उनले पार्टी तथा समाज ठूलो योगदान पुर्याएकी छन । बिद्यार्थी नेत्रीको रुपमा चिनिने उनले बिद्यार्थी हक हितका लागि सधै अग्रसर भएर तथा समाजका लागि बेलाबेला सडक तथा पार्टिमा उनले आवाज उठाइदै आईरहेकी छन ।
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय अधिकारी सानित्रीबेणी गाउँपालिकाका तथा समग्र कर्णालीमा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन् ।


ममता अधिकारी सङ्गै सान्नित्रीबेणी गाउपालिका उपाध्यक्षका लागि अन्य तीन जना प्रदेशमा सिफारिस भएका छन ।

प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार