Karnali Media
२०८३ भदौ २२ , सोमबार

प्रधानमन्त्री ओली चैत १९ गते बैंकक जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बैंकक जाने भएका छन्। विमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्डको राजधानी बैंकक जाने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोली एक सय सदस्यीय हुनेछ।


विमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड रहेका छन्। आयोजक थाइल्यान्डले चैत २० देखि २२ गतेसम्म छैटौं विमस्टेक सम्मेलन आयोजना गर्दैछ।

 

प्रकाशित मिति : २०८१ चैत ११ गते सोमबार