वीरेन्द्रनगर । हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
७ बजेर ४४ मिनेट जाँदा ४.४ म्यग्निच्युड भूकम्प गएको छ । यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

संवाददाता । बुधबार, चैत १३, २०८१ मा प्रकाशित