Karnali Media
२०८३ असार १ , सोमबार

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने निर्णय



कर्णाली प्रदेश सरकारले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

सरकारले आइतबारै प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने गर्नेछ । यस्तै बैठकले कीटनाशक विषादी प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ । ७३ लाख बराबरको राहत रकम असिनापीडित किसानलाई उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको शाहले बताए ।


प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार