वीरेन्द्रनगर । सुर्खेतमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही चैत २६ गते वृहत जनप्रदर्शनसहित जागरणसभा आयोजना गर्ने भएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि देशभर जागरण अभियान सञ्चालन गरिरहेको र गणतन्त्र, संविधान र जनताको अधिकारमाथि भइरहेको प्रतिगामी षड्यन्त्रविरुद्ध जनजागरण गर्न कार्यक्रम ल्याएको बताएका छन् ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, प्रदेश इञ्चार्ज गोरख बोगटीलगायतका नेताहरूको विशेष सम्बोधन रहने जनाइएको छ।

जिल्ला कमिटी सुर्खेतको आयोजनामा र कर्णाली प्रदेश कमिटीको संयोजनमा हुन लागेको उक्त कार्यक्रममा दश हजारभन्दा धैरैको सहभागीता हुने अनुमान गरिएको बताईएको छ ।
संवाददाता । आइतबार, चैत २४, २०८१ मा प्रकाशित