Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज दिउँसो साढे ३ बजे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।

सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ चैत २८ गते बिहीबार