सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेका विभिन्न होटलहरुको खाद्य स्वच्छताका आधारमा स्तरिकरण गरिएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिहिबार, सुक्रबार र शनिबार वीरेन्द्रनगरका होटलहरुको स्तरिकरण गरेको हो ।
होटलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण चिन्ह पनि प्रदान गरिएको छ । ५० वटा खाद्य स्वच्छताका विभिन्न सूचकहरुमा गरिएको स्तरिकरणमा होटलहरुलाई अतिउत्तम (३ स्टार), उत्तम (२ स्टार), सन्तोषजनक (१ स्टार) र समान्य पहेलो स्टिकरमा बर्गिकरण गरिएको छ । साथै धेरैजसो होटलहरुले न्यूनतम सूचक पनि पुरा नगरेको अनुगमनमा पाईएको छ । होटल स्तरिकरण चिन्ह बिशेषतः होटलको भान्सा र होटलमा बन्ने बिभिन्न खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको थियो ।
वीरेन्द्रनगरका ४१ होटलमा खाद्य स्वच्छताका विभिन्न ५० सूचकहरुमा गरिएको अनुगमनमा सिदार्थ होटल र सुभ होटल र होटल नमस्ते नेपालले अतिउत्तम (३ स्टार) प्राप्त गरेका छन् । यस्तै कौशिक गार्डेन रेष्टुरेन्ट, र सेफ च्वाइस रेष्टुरेन्ट एण्ड पिजा हर्टले उत्तम (२ स्टार) प्राप्त गरेका छन् । साथै ४ होटलहरु सन्तोषजनकमा परेका छन् ।
- तस्बिरः होटलहरुको स्तरिकरण
खाद्य स्वच्छताका विभिन्न सुचकमा अनुगमन गर्दा १५ होटल तथा रेष्टुरेन्टहरु सामान्यमा पर्दा र १७ होटलहरु स्तरिकरणमा नै नपरेको पाइएको छ । धैरैजसो होटलहरुले न्यूनतम सूचकहरु पनि पुरा नगरेको होटल स्तरिकरणको तथ्याङ्कमा देखिएको छ ।
होटल स्तरिकरणमा भान्सा तथा खाद्य परिकारको स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिए । होटल व्यवसायीहरुलाई पटकपटक विभिन्न तालिमहरु मार्फत खाद्य स्वच्छताको स्तर वृद्धि गर्नमा लागि परेको पनि उनको भनाई छ । यदपी पछिल्लो तीन बर्षदेखि होटलहरुको स्तरिकरण हुँदै आएपनि होटलहरुको खाद्य स्वच्छताको अवस्था भने घट्दै गएकोमा देखिन्छ ।

- तस्बिरः स्थानीय खाद्य स्वच्छताको समुह होटल तथा रेष्टुरेन्टको अनुगमन गर्दै।
स्तरिकरणमा नपरेका होटलहरुले सूचकहरु पुरा गरि स्तरिकरणका लागि १५ दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत सम्पर्क गर्न सकिने प्राबिधिक सहायक कपिल सुवेदीले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्थानीय खाद्य स्वच्छता समुह बनाएर यो अनुगमन गरेको थियो । होटल व्यावसायी संघ सुर्खेतका अध्यक्ष गणेश शाहीको संयोजकत्वमा खाध्य अधिकृत, वीरेन्द्रनगर नगरपालिका उद्योग शाखाका प्रतिनिधी, रास्ट्रीय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, नगर प्रहरी र पत्रकारहरूको सहभागीता रहेको थियो ।
भिडियो हेनुहोस्ः
संवाददाता । आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित