Karnali Media
२०८३ असार ३२ , बिहीबार

आज चट्यांगसहित वर्षाको सम्भावना कहाँ-कहाँ छ ?



काठमाडैँ । हाल नेपालमा मूख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहनेछ ।

जल तथा मौसम विभागका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।


त्यस्तै राती भने, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार