Karnali Media
२०८३ साउन ७ , बिहीबार

बालबालिकालाई कर्णालीका मुख्यमन्त्रीको सुझाव: विद्यालय नगएका बालबालिको हित पनि बोल्नुहोला



सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन बालबालिकालाई सुझाव दिएका छन । कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरुसँग साक्षात्कार गर्दे मुख्यमन्त्री कडेलले आफनो मात्र नभएर बिद्यालय जान नपाएका बालबालिकाहरुको पनि सवाललाई उठाउन उनीहरुलाई आग्रह गरेका हुन ।
मुख्यमन्त्री कडेलले विद्यालय जान नपाएका बालबालिकाहरुको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरु नै बढी जानकार हुने हुँदा उनीहरुलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न सुझाव दिए । उनले भने, तपाईहरु कै घरछिमेकका बालबालिकाहरु अझै विद्यालय बाहिर छन, उनीहरुलाई प्रेरित गर्नुहोला ।
समाजमा देखिएको हानिकारक क्ुरिति अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने पनि मुख्यमन्त्री कडेलले बालबालिकालाई सुझाव दिए । हानिकारक कुरिति जन्मिने घरबाट भएकोले आफ्नो घरमा त्यस्तो कुरिति जन्मन नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कडेलको भनाई थियो ।
मुख्मन्त्री कडेलले राजनीतिबारे बुझ्न तर सानै उमेरमै राजनीति नगर्न पनि बालबालिकालाई सmुझाव दिए । उनले भने, यो उमेरकै तपाईहरुलाई राजनीति गर्नुस त भन्दिन तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला। राजनीति भनेको अधिकारको खोजीको यात्रा हो । मुख्यमन्त्री कडेलले बालअधिकारका बिषयमा राखेका विषयहरु सान्र्दभिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न बालबालिकालाई सुझाव दिए ।
यसैबीच कर्णाली प्रदेश स्तरीय बाल संजालका पदाधिकारी र सदस्यहरुले आज भेटघाट गरि ज्ञापनपत्र बुझाएकाछन्।
ज्ञापनपत्र बुझाउदै संजालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरुको उचित सवालको समयमै व्यबस्थापन गर्नुपर्ने, बालविवाह न्युनिकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातिय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरुमाथिको हिंसा न्युनिकरण गर्न कानुनसँगै व्यबहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन ।

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार