काठमाडौँ । सहकारी पीडितहरूले काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरूका माग सरकारले सम्बोधन गरेको छैन ।
संवाददाता । सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित