सुर्खेत । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट युवा तथा बिद्यार्थी नेता मोहन राना सिफारिस भएका छन । सिम्ता गाउकमिटिले रानालाई सिफारिस गरेको हो ।
सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाबाट बिद्यार्थी नेताका रुपमा राजनितिमा आएका राना अहिले नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र न १ को कार्यसमिती सचिब रहेका छन । उनले पार्टी तथा समाज ठूलो योगदान पुर्याएका छन । बिद्यार्थी, युवा तथा भिजन भएका नेताको रुपमा चिनिने उनले बिद्यार्थी समाज र गाउको हक हित र बिकासका लागि सधै अग्रसर भएर काम गरिरहेका छन । उनले समाज रुपान्तरणका लागि समाज तथा पार्टिमा आवाज उठाइदै आईरहेका छन ।
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय राना सिम्ता गाउँपालिकाका तथा समग्र कर्णालीमा नै युवा तथा विद्यार्थी माझ लोकप्रिय छन् ।
मोहन राना सङ्गै सिम्ता गाउपालिका अध्यक्षका लागि सिम्ता गाउपालिका सभापती बिरेन्द्र रावत ,सचिव चन्द्र हमाल, क्षेत्र नम्बर १ प्रदेश (क )का उप- सभापति भिम बहादुर मल्ललाई पार्टीले सिफारिस गरेको छ ।
संवाददाता । शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित