सुर्खेत । जिल्ला फुटबल संघ सुर्खेतको बैशाख ६ गते पाचौ जिल्ला अधिबेशन सम्पन्न भयो ।
उक्त अधिबेशनबाट बैशाख १० गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने मिति तय गरिएकोमा आज निर्वाचन हुन सकेन । निर्वाचनबाट नयाँ नेतृत्व चयनमा बिबाद भएको छ।
१८ बर्षदेखि सधै सहमतीमा नै संघ गठन हुँदै आएकोमा यश बर्ष भने सकस भएको हो ।
आज १० गते हुने भनिएको निर्वाचन एक सुचना जारी गरेर स्थगित गरिएको छ उक्त सुचनामा नमावलि प्रकासन गर्न क्रममा बिवाद भएको हो । सिरमोर युवा क्लबबाट रबिन्द्र चन्दलाई प्रतिनिधि पठाएकोमा चन्द दोहोर प्रतिनिधि भएको भन्दै बिबाद थपिएको हो ।
तर यश बिषयमा उनले भने यश अघिनै अर्को समुहबाट राजिनामा स्वीकृत गरिसकेको र आफू सिरमोर क्लबको प्रतिनिधि भएको चन्दको भनाई छ । उनले अर्को।क्लबबाट यहि बैसाख ३ गते राजिनामा दिई बैशाख ४ गते राजिनामा स्वीकृत भैसकेको छ ।
विभिन्न रणनिती बनाएर नेतृत्वमा आउन जाल बुनिएको छ । नयाँ भिजन र फुटबलको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न सक्ने युवाहरुलाई जिल्ला फुटबल संघले नै असहयोग गर्नु दुखद भएको र सबै युवाहरु मिलेर कानुनी प्रक्रियामा जन परेपनी आफुहरु तयार भएको उहाँ बताउनुहुन्छ ।
यस्तै सिरमोर क्लबका कोषाध्यक्ष हिक्मतबहादुर चन्दकाका अनुसार चैत २२ गते महासचिब दिलिप बस्याल र प्रतिनिधिको रुपमा रबिन्द चन्दलाई पठाएको सकिएको बताउनुहुन्छ ।
निर्वाचन अधिकृत दुर्गा प्रसाद सापकोटा भन्नुहुन्छ निर्वाचन हुन नसक्नुको मुख्य कारण नामावली प्रकासन र प्रतिनिधि छनोटमा बिबाद भएर हो ।
अब यसको समाधानका लागि केन्द्रले नै यश बिषयमा छलफल गर्ने र निर्वाचन मिति तोक्ने उहाँ बताउनुहुन्छ ।
भिडियोमा हेर्न
संवाददाता । शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित