दैलेख । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको माहोल बढ्दै छ । अहिले दलहरुले आफ्नो उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तयारिमा छन । यस्तैमा महावु गाउँपालिका वडा नं ३ मा एमालेबाट वडा अध्यक्षको चर्चामा रहेका चेतन जैसिले भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।
कर्णाली मिडिया सङ्ग कुरा गर्दै जैसिले भने सुसासन, भ्रष्टाचार मुक्त समाज, नि:सुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वसुलभ गुणस्तरीय स्वास्थ सेवा,समतामूलक रोजगार, सामाजिक न्याय (गाँस,वास,कपास),कृषि क्रान्ति, भौतिक पुर्वाधार बिकास, पर्यटन उधोगको बिकास, शसक्तिकरण युवा महिला र वालवालिका लगायत समाज रुपान्तरण र समृद्धिका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
महाबु ३ को वडा अध्यक्षमा पार्टी तथा स्थानिय तहमा उनको चर्चा बढेपछि उनले स्वास्थकर्मीबाट राजिनामा पनि दिएका थिए । तर पार्टी पाटीले “मेरो उम्मेदवारी हुँदा हुँदै ब्यातिवाद हैकमवाद र आसेपासे लाई सेप्ने काम गरेको हुँदा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको हु ।” जैसिको भनाई छ
संवाददाता । आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित