Karnali Media
२०८३ असार २ , मंगलबार

कर्णालीमा यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै



सुर्खेत । यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १९ गतेदेखि ३१ गतेसम्म आयोजना हुने भएको छ। जुन २०२५ मा संचालन हुने एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको राष्ट्रिय टिम छनौटका लागि यो प्रतियोगिताका आयोजना गरिएको हो।

नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक आयोजना हुने यस प्रतियोगितामा सात प्रदेशका यू-१६ क्रिकेट टिमका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणमा हुने यस प्रतियोगितामा जम्मा २१ खेलहरु खेलिनेछन्। खेलहरु कालिन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा आयोजना हुनेछन्।


हाल कर्णाली प्रदेशले क्रिकेटमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको र यस प्रतियोगिताले क्रिकेट खेलको विकास तथा विस्तारमा सहयोग पुर्‍याउने लक्ष्य लिएको कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले बताएका छन्।

यस्तो छ खेल तालिका:

प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार