Karnali Media
२०८३ भदौ ६ , शनिबार

कर्णालीलाई जितका लागि २१५ रनको लक्ष्य



सुर्खेत । यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि २१५ रनको लक्ष्य दिएको छ।

सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा कर्णाली विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको मधेश प्रदेशले ४७ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएका हो। मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए। त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए।


मधेशलाई २१४ रनमा अलआउट गर्न कर्णालीका कप्तान विपिन प्रसाद शर्मा, विजय बोहोरा र कैलाश खड्काले २/२ विकेट लिए।

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार