Karnali Media
२०८३ भदौ २९ , सोमबार

लाटिकोइलीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ



वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीबाट लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराहताल गाउँपालिका–६ स्थायी घर भई हाल लाटिकोइलीमा डेरा गरी बस्ने २६ वर्षीय कुशल रोकाय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी तथा लागूऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले जेठ २३ गते साँझ साढे पाँच बजेतिर छापा मारेको थियो।


टोलीले रोकायलाई शंकास्पद अवस्थामा फेला पारेर शारीरिक तथा डेरा कोठाको खानतलासी गर्दा तीन ग्राम दुई सय पचास मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।

हाल पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार