Karnali Media
२०८३ असार ३२ , बिहीबार

यातायात कार्यालयका सहायक र बिचौलिया १ लाख ८५ हजार घुससहित पक्राउ



यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा कार्यालय सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनीहरूलाई कार्यालय परिसरबाट १ लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यातायात कार्यालयका कर्मचारी र महालक्ष्मी, गुरुङ, तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीहरूलाई पास गराउन रकम लिने गरिएको थियो। सवारीको वर्गअनुसार १५ हजारदेखि २५ हजार रुपैयाँ लिएर असफल प्रशिक्षार्थीहरूलाई पास गराउने गैर कानुनी कार्य भएको उजुरीका आधारमा आयोगको टोलीले छापा मारेको हो।


प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार