Karnali Media
२०८३ भदौ २९ , सोमबार

प्रधानमन्त्री ओलीसँग भेटिएपछि नवराज बोहराले भने – “अब जुत्ता लगाएर अघि बढ्छु”



सुर्खेत । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।

कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणजस्ता मुद्दा लिएर गत जेठ ४ गते यात्रा सुरु गरेका बोहरा ३१ दिनमा काठमाडौं आइपुगेका थिए।

प्रधानमन्त्रीलाई भेटेर आफ्ना अनुभव र यात्रामा देखिएका समस्याबारे जानकारी गराएका बोहरालाई प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान जारी राख्न सुझाव दिएका थिए। स्वास्थ्य र परिवारको ख्याल गर्न आग्रह गर्दै ओलीले बोहराको प्रयासको सराहना पनि गरे।


भेटपछि बोहराले पहिलो चरणको अभियान सकिएको जनाउँदै अब जुत्ता लगाएर, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन्।

 

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार