Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

दैलेखमा लागुऔषध (नाइट्रोजेपाम) सहित एक जना पक्राउ



दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले लागुऔषध नाइट्रोजेपाम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारायण नगरपालिका वडा नं. २ बस्ने २० वर्षीय कुशल कुमार थापा रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले शंका लागेर उनको कोठामा चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा १० एमजीको नाइट्रोजेपाम ट्याब्लेट १२ पत्तामा १२० पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिए।


पक्राउ परेका थापालाई स्वास्थ्य परिक्षण पश्चात जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार