Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतविरूद्ध मुद्दा दायर



सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीन जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंक दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरूद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ।


यसैगरी, अस्पतालमा रहेको कुमारी बैंकका एक्स्टेन्सन काउन्टरको तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरूद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार