सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ मा नगरबस सञ्चालन गर्ने भएको छ। नगरवासीलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले नगरबस सेवा सञ्चालनको तयारी गरेको हो।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले यसबारे जानकारी दिएकी हुन्। उनले नगरभित्रको यातायात प्रणालीलाई व्यवस्थित र नागरिकमैत्री बनाउन नगरबस सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्।
यस्तै नगरउपप्रमुख निलकण्ठ खनालले वीरेन्द्रनगर नगरपालिकाले यसैबर्षदेखि नगरबस खरिद गरी सञ्चालन गर्न २ करोड रकम विनियोजन गरेको बताएका छन्।
“शैक्षिक ,प्रशासनिक, पर्यटकीय शहर: स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर “भन्ने मुल नाराका साथ आज वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १७ औँ नगर सभा सञ्चालन भएको छ।







संवाददाता । मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित