Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

गएराती वीरेन्द्रनगरमा रड प्रहारबाट एक मजदुर गम्भीर घाइते



सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको कालिका मन्दिर नजिक एक मजदुरमाथि रड प्रहार हुँदा गम्भीर घाइते भएका छन्।

राती करिब १० बजेतिर सडक निर्माणको काम गरिरहेका चन्द्रबहादुर साउदमाथि अज्ञात व्यक्तिले रड प्रहार गरेका हुन्। अन्दाजी ४० वर्षीय साउद पेशाले लेबर हुन्।

प्रहारबाट गम्भीर घाइते भएका उनलाई प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।


घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी स्रोतले कर्णाली मिडियालाई जानकारी दिएको छ। घटनाको अन्तिम चरणमा पुगेको प्रहरीको भनाई छ।

घटनाबारे थप विवरण आउन बाकि।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार