Karnali Media
२०८३ भदौ २५ , बिहीबार

जाजरकोटमा ढुंगाले लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु



जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगाले लागेर मृत्यु भएको छ।

बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र उनकी बहिनी १४ वर्षीया चमेलीको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।


नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्प प्रभावितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार