दैलेख । दैलेखमा स्थानीय तहको निर्वाचनमा लागि गत आईतवार र सोमवार मनोनयन दर्ता गरेका २ सय २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्लाका ११ स्थानीय तहमा कुल १ हजार ९ सय ८३ मध्ये शुक्रबार २ सय २२ जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
उम्मेद्वारी फिर्ता लिनेमा आठबीस नगरपालिकामा ४१, गुराँस गाउपालिकामा १३, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा २१, ठाटिकाँध गाउपालिकामा २१, डुङ्गेश्वर गाउपालिकामा ४, दुल्लु नगरपालिकामा २१, नारायण नगरपालिकामा २३, नौमुले गाउपालिकामा ९, भगवतीमाई गाउपालिकामा १६, भैरवी गाउपालिकामा २३ र महावु गाउपालिकामा ३० जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
जिल्लाभर प्रमुख/अध्यक्ष पदका १३, उपप्रमुख/उपाध्यक्ष पदका १०, वडा अध्यक्ष पदका ९३, खुल्ला सदस्य पदका ६५, महिला सदस्य पदका २२ र दलित महिला सदस्य पदका १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
संवाददाता । शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित