Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

ब्राउनसुगरसहित एक युवक सुर्खेतमा पक्राउ



सुर्खेत । लागुऔषध ब्राउनसुगरसहित सुर्खेतमा एक युवक पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले ९ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित शुब्बाकुनामा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ ज ०६४३ नम्बरको ई.भी. गाडीमा सवार एक युवकलाई पक्राउ गरिएको हो।


पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर–१२ चनौटेमा बसोबास गर्ने २४ वर्षीय युबराज शाही रहेका छन्। प्रहरीले शंकास्पद रुपमा भेटिएका शाहीको शरीर खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने ९.३५० ग्राम गिलो पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ परेका शाहीलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरी म्याद थपसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार