Karnali Media
२०८३ भदौ ६ , शनिबार

नेपालले पायो आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अवार्ड



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ।

नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको हो।

एसिया क्षेत्रको विजेता भएर नेपाल ग्लोबल छनोटमा परेको थियो। छेत्रीय विजेताको रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।


यो अवार्ड सिंगापुरमा भएको आइसिसीको वार्षिक साधारण सभामा आइसिसी अध्यक्ष जय शाहले क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई प्रदान गरेका थिए।

आइसिसीले इन्टरनेटमा नेपाली क्रिकेट समर्थकको बाक्लो उपस्थितिको सधैँ प्रशंसा गर्दै आएको छ।

यस्तै भौतिक रूपमा पनि नेपाली क्रिकेट टोलीले खेलेका हरेक खेलमा नेपाली समर्थकको उपस्थिति बलियो हुने गरेको छ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार