बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जल सतह ७.१ मिटर पुगेको छ ।
विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ । तर, हाल सो तह पार गरेसँगै विशेष गरी बर्दिया र दाङमा बाढीको खतरा रहेकाले विभागले उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्व सूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए । ‘बबईसँगै महाकाली नदीको जल सतह पनि खतराको तहमा पुग्दै छ,’ उनले भने ।

आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जल सतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ ।
आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरूको जल सतह सतर्कता आसपास छभने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जल सतह सतर्कता तहभन्दा तल छ ।
संवाददाता । मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित