Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेत बबई चेकपोष्टबाट २ लाख रूपैयाँ बराबरका भन्सार छलीका सामान बरामद



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

प्रहरी स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको ६ जनाको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेका विभिन्न नम्बरका सवारीसाधन चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएका सामान बरामद गरी इलाका प्रहरी पोष्ट बबईमा राखिएको हो। सामान बरामद गरि सवारीसाधन भने आफ्नो गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।


बरामद भएका सामानहरु:
१. चिनी २०० के.जी. (मुल्य रु. १८,०००)
२. कुर्ता सुरुवाल ६२ थान (रु. ९३,०००)
३. जिन्स पाइन्ट–सर्ट १० जोर (रु. ३०,०००)
४. गेम टी–सर्ट ११ पिस (रु. ८,८००)
५. बच्चाको बक्स पाइन्ट १६ पिस (रु. ८,०००)
६. बच्चाको फराक ७ पिस (रु. ८,४००)
७. कुर्ती १५ पिस (रु. ७,५००)
८. घरेलु धोती २ पिस (रु. १,६००)
९. साडी २४ पिस (रु. २४,०००)
१०. बच्चाको हाप जिन्स पाइन्ट–सर्ट ४ जोर (रु. ४,०००)

यसरी बरामद भएको सामानको कुल मूल्य २ लाख ३ हजार ३ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार