Karnali Media
२०८३ भदौ ७ , आइतबार

टप एन्ड टी-२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित



ओपनर आशिफ शेखको अर्धशतकका बाबजुद नेपालले टप इन्ड टी–२० सिरिजमा हारको श्रृंखला जारी राखेको छ। जारी प्रतियोगितामा यो नेपालको लगातार तेस्रो हार हो।


सोमबार सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३० रनको हार बेहोरेको हो। यसअघि नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार