Karnali Media
२०८३ भदौ २९ , सोमबार

सुर्खेतमा लोकसेवा परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ



सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको संचार/ईन्जिनियर प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

भदौ ४ गते बिहान साढे ९ बजे वीरेन्द्रनगर नगरपालिका–७ मा रहेको परीक्षा केन्द्रबाट चार जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले नागरिकता र प्रवेशपत्रमा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन आएका उनीहरूलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा जाजरकोट छेडागाड न.पा.–१२ का धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७, सामाकोट का २५ वर्षीय श्याम संकर सिंह र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका सोही ठाउँ वडा नं. ७ का २० वर्षीय भरत तिरुवा रहेका छन।

उनीहरूविरुद्ध लिखत तथा कीर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार