सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो करिब साढे एक बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकमा चेकजाँच गर्ने क्रममा कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–९ बस्ने २१ वर्षीय चक्र ब. शाहीलाई पक्राउ गरेको हो।
शाहीको साथबाट नापतौल नगरेको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ २३ पुडिया फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको नापतौल गर्दा शुद्ध तौल ८०० मिलिग्राम रहेको पाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका शाहीलाई म्याद थप गरि थप अनुसन्धान थलिएको छ।






संवाददाता । शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित