सुर्खेत । बागीना समूह सुर्खेतको आयोजनामा तथा सासा र ज्ञानोद्वोयको सहकार्यमा तीज हरितालिका सद्भावना मेला–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
मंगलबार हरितालिका तीजको अवसरमा वीरेन्द्रनगर खुला मञ्चमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा सिता भण्डारीले अध्यक्षता गरेकी थिइन् ।
मेलामा विभिन्न समूहबीच नृत्य तथा सांगीतिक प्रतिस्पर्धा भएको थियो। जसमा वीरेन्द्रनगर–६ को काञ्जिरोवा समूह प्रथम, वीरेन्द्रनगर–८ को जागृति टोल द्वितीय र लालुपाते समूह तृतीय घोषित भए। त्यस्तै, बाल नृत्यतर्फ प्रीति विक (वीरेन्द्रनगर–१०) उत्कृष्ट, जेष्ठ नागरिकतर्फ प्रशान्ति वृद्धाश्रम उत्कृष्ट, अञ्जना खड्का समूह उत्कृष्ट गायन र कृष्ण मन्दिर समूह उत्कृष्ट वाद्यवादनको रूपमा पुरस्कृत भए।
सो अवसरमा बागीना समूहमा निरन्तर योगदान पु¥याउँदै आएका तीन कलाकारलाई विशेष सम्मान पनि गरिएको थियो। नाट्य विधाबाट सुशिला बस्नेत, नृत्य विधाबाट बिमला सिजाली र गीत–संगीत विधाबाट सुनिता रोकाय सम्मानित भए।
आयोजक समितिका अनुसार, मेलाले महिलाबीच आपसी सद्भाव अभिवृद्धि गर्ने, सांस्कृतिक झलकलाई संरक्षण गर्ने र सामुदायिक एकताको सन्देश फैलाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।






संवाददाता । मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित